दुई दिन बिदा थप्ने सरकारको निर्णय | Khabarhub Khabarhub

दुई दिन बिदा थप्ने सरकारको निर्णय


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले साविकको बिदामा माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको जानकारी दिइन् ।

बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ । त्यस्तै, सरकारले झुठो विवरण पेश गरी सिराहा प्रशासन कार्यालयबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्रहरु रद्द गरि नेपाली नागरिकबाट हटाउने समेत निर्णय गरेको छ ।

त्यस्तै नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा र नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रवक्ता शर्माले बालकुमारी घटना निकै गलत भएको बताइन् । आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई रहेपनि त्यसको आफ्नै तरिका हुने भन्दै अराजकतालाई प्रश्रय दिने काम कसैले गर्न नहुने उनले बताइन् ।

उहाले घटनाको विवरण लिने काम भइरहेको बताइन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०० बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको