मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ  « Khabarhub

मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ 


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुमूल्य मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका १९ वर्षीय आकाश थोकर तामाङ, झापा घर भएका ५१ वर्षीय खेम प्रसाद न्यौपाने, सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय राज कुमार थापा भन्ने लवन थापा, नुवाकोट घर भएका ४३ वर्षीय राम बहादुर तामाङ र उदयपुर घर भएका  ४० वर्षीय कपिल तामाङ रहेका छन् ।

यही पौष ४ गते कोटेश्वर बालकुमारी स्थित देवी कृष्ण चौलागाईको डेरामा चाेरी भएकाे थियाे । कोही नभएको समयमा कोठाको पछाडि पट्टीको भर्‍याङ बाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायतका सामग्री २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

उक्त घटना अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न रहेका सर्लाही हरीवन घर भई हाल काठमाडौं बालुवाखानी बस्ने आकाश तामाङ समेतको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई  बिहीबार काठमाडौंकाे गौरीघाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट मुगाको माला र मोबाइल ६ थान बरामद भएको छ ।

उनीहरू माथि  थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०४ बजे

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत