बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त « Khabarhub

बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारी क्षेत्रमा आफ्नो गाडीमा भएको आगजनी र मान्छेको ज्यान जानु र घाइतेसम्म भएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसँगको कुनै सरोकार समेत नरहेको जिकिर गरे । मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताए ।

घटनाका सम्बन्धमा आफू धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केही नरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०८ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा