'शहीदको बलिदानीबाट प्राप्त उपलब्धि सविधानमार्फत संस्थागत गर्‍यौँ' | Khabarhub Khabarhub

‘शहीदको बलिदानीबाट प्राप्त उपलब्धि सविधानमार्फत संस्थागत गर्‍यौँ’


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् ।

उनले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदहरुको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन्।

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । “नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भनेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ५१ बजे

माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले माइतीघर मण्डलामा विरोध

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने