ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै « Khabarhub

ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

पथरी– पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए ।

आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको मोरङ पथरी शनिश्चरेका किसान प्रेम लिम्बूले बताए । 

ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधि नभएको र रोग लागेमा औषधि समेत नपाइने भएकाले खेती गर्न समस्या भएको झापा गौरीगञ्जका उपेन्द्र थापाको भनाइ छ । जमिन र बिरुवामा जति धेरै विषादी प्रयोग गर्यो त्यती नै रोग लाग्ने सुनसरीका किसान कृपासुर घलेले बताए । अहिले ड्रागनफ्रुटका बिरुवामा चार किसिमका रोगहरू देखा पर्न थालेका छन् । ‘माटो र बिरुवाको सुरक्षाका लागि गाईको गहुँत, गोबर र कुखुराको सुली प्रयोग गर्दा रोग लाग्दैन’, उनले भने ।

कार्यक्रममा ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट स्वास्थ्यका लागि फलदायक र लाभकारक हुने भएकाले खेतीमा धेरै सम्भावना भए पनि चुनौती थपिँदै गएको बताए । नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञ नभएको र सरकारसँग पनि माटो परीक्षणविधि नरहेका कारण किसान समस्यामा रहेको केन्द्रीय सदस्य वासु ढकालले बताए । नेपालमा ड्रागनफ्रुटमा बीमा नीति नभएका कारण सुरक्षाको प्रत्याभूति नरहेको ढकालको भनाइ छ ।

कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतीको चुनौती र खेती गर्ने विधिबारे सहजीकरण गरेका थिए भने बाबुराम निरौलाले माटो सुधारका विधिबारे जानकारी गराएका थिए ।

भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्यसमिति समेत गठन गरेको छ । एशोसिएशनको उपाध्यक्षमा सञ्जीव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यमा टेकनाथ पौडेल, कमला गुरुङ, रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी, मनिस राई र उसा तामाङ छन् । भेलामा प्रदेश नं १ का ५० जना भन्दाबढी किसानको सहभागिता थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : १५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन