समानताका लागि २० वर्ष अघि उठेको त्यो आवाज | Khabarhub Khabarhub

समानताका लागि २० वर्ष अघि उठेको त्यो आवाज

अपाङ्गताका लागि पार्कले उठाएको आवाजको फराकिलो प्रभाव


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : दक्षिण कोरियाको सियोल सहरमा रहेका पार्क क्योङ सियोक आफ्नै छिमेकका पनि धेरै स्थानमा जान सक्दैनन् । ‘म नाट्य घर जान सक्दिनँ किनकि त्यहाँ भर्‍याङ छ , जुन म उक्लन सक्दिनँ । सम्मेलन केन्द्रको अवस्था पनि त्यस्तै छ । त्यो एउटै कारणले म नयाँ खोलिएको क्याफेमा पनि जान सक्दिनँ ’, उनले भने ‘कुनै पनि स्थानमा जाँदा मलाई त्यही समस्या हुन्छ । सबैभन्दा प्रमुख समस्या त शौचालयको नै हुन्छ ।’

जब छिमेकको कुनै स्थानमा जान खोज्छन्, उनी एक पछि अर्को समस्याको सिकार भई नै हाल्छन् । दक्षिण कोरियाको सामुदायिक यातायातमा पनि यो समस्या बढ्दो छ । उनका अनुसार सामुदायिक यातायात अपाङ्गका लागि तयार गरिएका हुँदैनन् । कुनै स्थानमा जाँदा साङ्ग भन्दा अपाङ्गका लागि तीन गुणा बढी समय लाग्ने गरेको छ ।

क्योङ सियोक सन् १९८४ मा एक पटक गम्भीर दुर्घटनामा परेका थिए । त्यस समयमा उनको उमेर २४ वर्षको मात्र थियो । त्यसै समय देखि सार्वजनिक यातायातमा समान अधिकारको मुद्दा उनले उठाउँदै आएका थिए । सोलीडारिटी एग्नीस्ट डिस्एबीलीटी डिस्क्रीमीनेसन साडामा स्थापना देखि उनले नेतृत्व गरिरहेका छन् ।

अहिले उनले सियोलको सब-वेमा यात्रा सहजीकरणको मुद्दामा लडाइ लडिरहेका छन् । गएको वर्ष देखि क्योङ सियोककै नेतृत्वमा बिहानको व्यस्त समयमा रेलको आवागमनमा अवरोध गर्दै मुख्य लाइनहरूमा विरोध प्रदर्शन भई रहेको छ । उनीजस्तै अन्य धेरै प्रदर्शनकारीहरू वृद्ध पनि छन् ।

उनीहरूले आफूहरू यस व्यवस्थाको विरुद्धमा लड्दा लड्दै थाकेको महसुस गरेको बताउन थालेका छन् । उनीहरूले धेरै स्थानमा लिफ्टको माग गरेका छन् । सिँढीसँगै लिफ्ट पनि भएमा सबैको यात्रा सहज हुने उनीहरूको माग छ । सतहमा हेर्दा यो माग भौतिक संरचना निर्माण तथा सामुदायिक खर्चको मात्र देखिएको छ । तर, गहिरिएर हेर्ने हो भने यसले दक्षिण कोरियामा अशक्तहरूले भोगिरहेको समस्यालाई चित्रित गर्छ ।

तीन वर्षको उमेरै पोलियो भएका कारण ह्विल चियर प्रयोग गरी रहेका ली ह्योंग सुक आफूलाई धेरै पटक प्रहार गरिएको गुनासो गर्छन् । धेरै पटक निहत्थामा पिटाइ समेत खानु परेको उनको अनुभव छ । प्रदर्शनमा सहभागी भएका कारण थुप्रै पटक घरसम्म दुख दिन आइ पुगेको तितो अनुभव उनका सामु छ ।

धेरै जनाले चुप लागेर घरमा नै किन नबसेको भनेर उनीहरूलाई प्रश्न गरेका छन् । उनी पनि अन्य व्यक्तिले अपांग र सामान्य व्यक्ति बिचको फरक बुझ्नु पर्ने कुरा औल्याँउछन् । ली पनि दक्षिण कोरियामा अपांग र साङ्गको बिचमा धेरै ठुलो खाडल रहेको बताउँदै यसमा दुखेसो व्यक्त गर्छन् ।

उनीहरू प्रति कतिको सहानुभूति त छ । धेरै जना भने बिनसित्तिमा प्रदर्शन गर्दै अन्यलाई दुख मात्र दिएको ठहर गर्न थालेका छन् । एक जना प्रौढ महिला त्यसै प्रदर्शनका कारण अस्पतालमा चिकित्सकसँग भेट्ने समय नै गुमेको भन्दै आक्रोश व्यक्त गर्छिन् । आफूले सास्ती भोगेको बताउँदै उनी अपाङ्गहरूले प्रदर्शन गर्दै गलत बाटो रोजेको दाबी गर्छिन् ।

त्यसै समुदायका अर्का एक व्यक्ति प्रहरी प्रति सहमत हुँदै अपाङ्गहरूले पर्याप्त सुविधा पाएको बताउँछन् । काम सकेर घर फर्किँदै गरेका दुई महिला भने प्रदर्शन गर्न सही भए पनि अन्यलाई बाधा गर्नु गलत रहेको टिप्पणी गर्छन् । क्योङ सियोक भने आफू र आफ्नो टोलीका कारण कसैलाई पनि बाधा नपुगेको बताउँछन् ।

‘समुदायमा रहेका जो कोहीका लागि यो अप्ठेरो अवस्था हुन सक्छ । तर, हामी लगातार २० वर्ष देखि समान अधिकारका लागि आवाज उठाइरहेका छौ । हाम्रो आवाजको कतै पनि सुनुवाइ भएको छैन’, क्योङ सियोकले भने ।

सियोलका मेयर ओसे हुन त प्रदर्शन प्रति कुनै पनि सहानुभूति राख्न चाहँदैनन् । उनले आफ्नो सामाजिक सञ्जालमा ‘अर्डनरी व्यक्ति’ दुख दिने कुनै अधिकार नै नभएको बताउँछन् । मेयरले ‘अर्डीनरी व्यक्ति’ भन्दै आफूहरू बाहेक अन्यलाई सम्बोधन गरेका कारण अपाङ्गहरूको सबै भन्दा गुनासो छ ।

अपांग अभियन्ता र सरकार बिचको सहमतिको मुख्य पाटो नै सबै रेलवे स्टेसनमा लिफ्ट राखेर हुन सक्छ । सियोल मेट्रोका अनुसार त्यहाँका २ सय ७५ मध्येका १९ वटामा मात्र लिफ्ट छैन । यो सङ्ख्या भनेको ७ प्रतिशत मात्र हो । सियाले मेट्रोको यो दाबीलाई आधार मान्ने हो भने पश्चिमा विकसित देश भन्दा सियोल अग्रणी देखिएको छ । लन्डनको अन्डरग्राउन्डको ७१ प्रतिशत स्टेसनमा मात्र लिफ्ट छ । न्यु योर्कमा यो सङ्ख्या ७१ प्रतिशत छ ।

दक्षिण कोरिया सरकार सबैमा समान पहुँचका लागि पछिल्लो वर्ष दुई गुना सहज बनाइएको दाबी गर्छन् । यसका बाबजुद धेरै काम गर्न बाँकी रहेकोमा भने सरकारी अधिकारी नै सहमत छन् । अभियन्ताहरूको मत भने फरक छ । उनीहरू यसलाई गणितीय आधारमा मात्र हेर्न नहुने बताउँछन् । धेरै जनाको कठोर दृष्टिकोण र आफूहरूको मुद्दाका बारे बसेको भ्रम नै चिन्ताको विषय भएको उनीहरू बताउँछन् ।

कतिसम्म भने सामाजिक सुरक्षा बापतको सुविधाका कारण दक्षिण कोरियामा अपाङ्गहरू मस्तीको जीवन बिताइ रहेको ठहर धेरैको छ । ‘कतिपयले त हामीलाई राष्ट्रपतिको भन्दा पन मस्तीको जीवन बिताइ रहेको ठानेका छन्,’ युन हुइले बताइन् । उनकी चार वर्षको उमेरमै छोरी जिमिन क्यान्सर रोगबाट पीडित भए पछि ह्वील चियरको सहारामा बाँची रहेकी छिन् ।

उनले यस प्रदर्शनकै कारण अपाङ्गलाई समाजको खलनायकको रूपमा व्याख्या त गरिने होइन भन्ने चिन्तामा छिन् । उनको छोरीलाई धेरैले माया गरेर काँधमा बोक्ने गरेका छन् । साथै सहयोग गर्नका लागि ह्वील चियरको मूल्य पनि सोध्ने गरेका छन् । उनी भने आफूहरूकै करबाट कोरियामा स्थापित कल्याणकारी सुविधाबाट धेरै नै खसी छिन् ।

१७ वर्षको उमेरमा पुगे पछि जिमिनले पनि अन्य प्रदर्शनकारीको मुद्दामा आफूलाई समाहित गरिन् । उनी यस प्रदर्शनले नै सरकारलाई वार्ता गर्न बाध्य बनाउने र त्यसै वार्ताले सबै समस्याको समाधान गर्ने छ । ‘दक्षिण कोरियामा अहिले अपाङ्गहरूको जीवन सहज छैन ‘,उनले भनिन्, ‘हाम्रो जिन्दगी घरमा नै थन्किएर बितेको छ । हामीले जान चाहेका धेरै ठाउँमा पुग्न सकेका छैनौ । यस समस्याबाट हामी उन्मुक्ति चाहन्छौ ।’

जिमिनले आफ्ना आवाजहरूलाई ब्लग लेखेर या सामाजिक सञ्जालमा उल्लेख गरेर व्यक्त गर्ने गरेकी छिन् । जिमिनकै बिचारमा दक्षिण कोरियामा महिलाको जीवन त्यत्तिकै कठिन छ । यसमा अपांग महिलाको जीवन त अझ धेरै कठिन छ । उनी त अल्पसङ्ख्यक समुदायकी पनि हुने । यी सबै कारणले दक्षिण कोरियाको जीवन अत्यन्त कठिन भएको उनको महसुस छ ।

उनी आफू दक्षिण कोरियामा तेस्रो दर्जाका नागरिक भएको महसुस पनि बारम्बार नभएको होइन । तथापि यसमा उनी किञ्चित विचलित छैनन् ।
थुप्रै पटक उनले आफूलाई एक्लो महसुस गरेकी थिइन् । पछिल्ला पटक यसै अभियानमा सरिक भएकै कारण उनले आफू जस्तै अन्यलाई धेरै भेटेकी छिन् । यसै कारण उनको एक्लो पन हराएको छ । यो आन्दोलन र विद्रोहको क्रममै उनले आफूबाट आशा राख्ने अन्य धेरै जना भेटेकी छन् । जसले उनलाई जीवनप्रति आशावादी बनाएको हो ।

अपांग हुनु या साङ्ग । यो प्राकृतिक कारणले हुन सक्छ या जीवनमा आइ परेको दुर्घटनाका कारण । तर, सबैले समान रूपले जीवन यापन गर्न पाउनु पर्छ भन्ने ती दक्षिण कोरियाली अभियन्ताको प्रदर्शनले संसारका अन्य देशका अपाङ्गको आवाजलाई पनि प्रतिनिधित्व गर्ने छ ।

(श्रोत : बीबीसी)

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ४५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार