पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो « Khabarhub

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ । देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा नजिक हो । 

अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ । यस्तै बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ । 

पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ । मौसमविद् सरोज पुडासैनीले तराईमा मंगलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिए । उनका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिए । 

यो समय प्रि–मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उनले अनुरोध गरेका छन् । विभागमा प्राप्त अभिलेखअनुसार आज नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ । विभागका अनुसार आज सबैभन्दा बढी धनगढीमा ३५.८ डिग्री तापक्रम रेकर्ड भएको छ । 

चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री तापक्रम पुगेको छ । काठमाडौँमा अधिकतम तापक्रम २५.३ डिग्री रहेको छ । 

यसअघि यो वर्ष काठमाडौँमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो । 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ७ : २१ बजे

कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन 

काठमाडौं– पेशागत निरन्तरता र स्थायित्व सहित समानताको हक सुनिश्चितताको माग

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी