मुक्तिनाथमा दर्शनार्थी खचाखच « Khabarhub

मुक्तिनाथमा दर्शनार्थी खचाखच


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् । दर्शनार्थीको बाक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । 

 समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा दबाब बढेको बताए। उनका अनुसार दसैँ–तिहार र चैतै दसैँबाहेक यहाँ औसतमा पाँचदेखि सात हजारसम्म धार्मिक पर्यटकले दर्शन गर्ने गरे पनि सरकारी तथा सार्वजनिक बिदा परेका कारण पछिल्लो तीन दिनयता २० हजारदेखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन् । 

‘शुक्रबारदेखि मुक्तिनाथमा ठूलो सङ्ख्यामा धार्मिक पर्यटक आइरहेका छन् । भक्तजनले परिसर खचाखच भरिएर थेग्नै नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको छ’, व्यवस्थापक भुसालले भने,’हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको व्यवस्थापन गर्न थालिएको छ । धार्मिक पर्यटकहरु एकैसाथ ठूलो सङ्ख्यामा आएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।’

भिरालो सतहमा अवस्थित मुक्तिनाथ मन्दिरको परिसर साँघुरो भएकाले पनि व्यवस्थापनमा असहज देखिएको हो । पछिल्लो समय मुक्तिनाथ मन्दिर परिसर केही फराकिलो पारिए पनि धार्मिक पर्यटकको सङ्ख्या अपेक्षाकृत वृद्धि हुँदा मन्दिर परिसरको क्षमता कम हुँदै गएको हो । समितिले दर्शन कार्यमा सहजीकरण गराउन लाइन मिलाउने, तातोपानीको व्यवस्था र लेक लाग्नबाट जोगाउन उपचारलगायतको व्यवस्था मिलाएको जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन दिनयता २५ हजार बढी पर्यटक  भित्रिएको जनाएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शनिबार नौ हजार ८६ जना पर्यटक घाँसाबाट मुस्ताङ प्रवेश गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । 

पछिल्लो सयम सरकारले हप्तामा आइतबारसमेत सार्वजनिक बिदा थप गराएका कारण मुस्ताङमा पर्यटकको उपस्थिति बढ्न थालेको हो । यसपटक बिहीबारदेखि लगातार बिदा परेकाले पनि मुक्तिनाथदर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो ।

पर्यटकले जिल्लाको लेतेदेखि माथि मुक्तिनाथसम्मका होटलहरू पर्यटकले भरिभराउ छन् । यहाँ होटलमा एक दिनमा १० हजार बढी पर्यटक राख्न सक्ने क्षमता छ । त्यसैले हाल बसोबासका लागि कुनै समस्या नदेखिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । 

‘हामीलाई बाँस पाइएन भन्ने गुनासो आएको छैन, दसैँ–तिहारको बेला केही समस्या देखिन्छ,  तर हाल पर्यटकको उपस्थिति उल्लेख्य रहे पनि होटल पाइएन भन्ने खबर आएको छैन’, उनले भने।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक सहज हुँदै जान थालेपछि धार्मिक पर्यटकको उपस्थिति बर्सेनि वृद्धि हुन थालेको हो । 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ७ : २६ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा