बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता नेपालद्वारा शपथ | Khabarhub Khabarhub

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता नेपालद्वारा शपथ


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गरेका प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरू उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका