राष्ट्रिय मिडिया सम्मेलन आज लुम्बिनीमा सुरु हुँदै « Khabarhub

राष्ट्रिय मिडिया सम्मेलन आज लुम्बिनीमा सुरु हुँदै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा हुन लागेको राष्ट्रिय मिडिया सम्मेलन आज सुरु हुँदैछ ।

महासंघले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार सम्मेलनमा पत्रकारको सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ। सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धानदाताको समेत सहभागी रहनेछ।  सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुने अनुमान छ।

महासंघले स्थापना दिवसको अवसरमा आज पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औँ बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : ०७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर