गहुँ खेतीमा रगिन गरिँदै « Khabarhub

गहुँ खेतीमा रगिन गरिँदै


१६ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो ।

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ ।

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”

बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेको गहुँबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए ।

“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”

गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए ।

“विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५० बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले