गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह | Khabarhub Khabarhub

गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसोसम्म सबै दलले मन्त्रीको नाम बुझाउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।

दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन्। यो विषयमा पनि आज दिउँसो कै बैठकमा निर्णय हुने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘टुंगिएका पार्टीहरू आउनु परेन नटुंगिएका पार्टी फेरि बस्ने भनेका छन् । सबै पार्टीले आफ्नो प्रक्रियाबाट टुंगो लगाए । संस्थागत निर्णय गरेर नाम दिए भने आज साँझ शपथ हुन्छ ।’

अहिले प्रधानमन्त्री प्रचण्ड चितवन गएकाले २ बजे फेरि बैठक बस्ने उनले बताए ।  कुन दलले कुन मन्त्रालय लिने भन्नेमा दलहरूले विस्तृतमा छलफल गर्न नभ्याइएको उनले बताए। भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन गएका हुन्।

प्रधानमन्त्री फर्केपछि दिउँसो २ बजे पुन: बस्ने सत्ता गठबन्धनको बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्नेछ। कांग्रेसले अर्थ, रक्षालगायत मन्त्रालय लिने लगभग सहमति भइसकेको छ। उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने कांग्रेसको तयारी छ। यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई मन्त्रीको नाम दिइसकेको छैन। नाम टुंगाउन कार्यसम्पादन समितिको बैठक बसेको छ।

एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले आजै साँझसम्म सातौँ पटक मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २३ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादी पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा र गत चैत ६ मा प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको मत दिएको रास्वपा पनि तत्काल सरकारमा नजाने भएको छ। गठबन्धनमा रहेका दश दल मध्ये ९ दल सरकारमा सहभागी हुने निश्चित भएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ०८ बजे

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति