महासङ्घ स्थापना दिवसका अवसरमा ७ पत्रकार पुरस्कृत « Khabarhub

महासङ्घ स्थापना दिवसका अवसरमा ७ पत्रकार पुरस्कृत


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ ।

दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरेका छन्। शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यस्तै ‘चिरणहरि पत्रकारिता पुरस्कार’ रासस समाचारदाता सानेबहादुर नेपालीलाई, ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई, ‘भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई तथा ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पवन पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : ०७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर