जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी « Khabarhub

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि उभिएर खाना खानुपर्ने बाध्यता आएको छ । २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन् । कारागारभित्र ठाउँको अभावमा ती कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्य भएको कारागार प्रशासनले जनाएको छ ।

बजेट तथा श्रोत साधनको अभावमा कारागारभित्र रहेका कैदीबन्दीहरुको जीवन कष्टकर हुँदै गएको बताउँदै जेलर रामचन्द्र साह भन्छन्, ‘बस्ने ठाउँको अभाव, वर्षायाममा पानी चुहिने गरेकाले उनीहरुलाई खान र सुत्न समस्या हुने गरेको छ ।’

कारागार कहिले निर्माण भएको यकिन तथ्याङ्क नभए पनि राणाकालमा सो कारागार निर्माण भएको अनुमान गरिएको छ । यतिमात्र नभई संघीय सरकारले सिधा खर्चबापत प्रत्येक कैदीबन्दीलाई दिनको ७ सय ग्राम चामल र ८० रुपैयाँ नगद दिने गर्छ । जुन ‘हात्तीको मुखमा जिरा’ जस्तो भएको त्यहाँका कर्मचारीहरुले टिप्पणी गर्छन् ।

आर्थिक रुपमा कैदीबन्दीहरुको अवस्था गम्भीर रहेकोले थप आर्थिक आम्दानीको लागि कारागारभित्र करिब ४० जना कैदीबन्दीहरुले मुढा बनाए पनि बजारको अभावमा बिक्री हुन सकेको छैन ।

कैदिबन्दी बस्ने तीनवटा लामो हल रहेको र प्रत्येक हलमा ३५ देखि ४० जनासम्म कोचिएर बस्ने गरेकाले विभिन्न रोगको जोखिमहरु बढ्न गएको छ । कारागार भित्र १४ वटा शौचालय, पुस्तकालय, औषधीपसल, किरना पसल र चिकित्सकहरुको व्यवस्था भए पनि भौतिक संरचनाको अभावमा ती कैदीबन्दीहरु प्रभावित हुँदै आएको छ ।

२०७४ सालमा कारागारभित्र बाढी पसेपछि कारागार डुबानमा परेको स्मरण गर्दै सूचना अधिकारी रविन्दचन्द्र ठाकुरले भने, ‘पुरानो तथा जीर्ण कारागार भए पनि यहाँ जेल जीवन बिताउने कैदीबन्दीप्रति राज्यको ध्यान गएको छैन ।’

संघीय सरकारले प्रतिकैदीबन्दीलाई सिधाखर्च वापत एक करोड ६ लाख रुपैयाँ दिने गरेको भए पनि सो रकम अपुग भएको लेखा प्रमुख टिकाराम ओलीले बताएका छन् । कारागारभित्र रहेका ५५० जना कैदीबन्दीलाई वर्षमा ७० लाख २६ हजार २५० रुपैयाँ मूल्य बराबरको चामल, २८ लाख ५० हजार मूल्य बराबरको वर्षमा सबै कैन्दीबन्दीलाई दुई जोर कपडा, कैदिबन्दीलाई सेवा सुविधाबापत १९ लाख ५० हजार, कैदीबन्दीहरुलाई अन्य ठाउँमा हस्ताणतरणको लागि वार्षिक १ लाख ५० हजार, इन्धनबापत वार्षिक ५० हजार, सवारी साधनमर्मत खर्च २५ हजार मात्र संघीय सरकारले दिने गरेको छ । कैदीबन्दीहरुको उपचार खर्च ५ लाख दिने गरेको छ ।

अपुग रकमहरु माग गरिए पनि संघीय सरकारले थप रकम नदिँदा कारागारभित्रको समस्या यथावत् रहेको कारागार प्रशासनले जनाएको छ । अहिलेको आर्थिक मन्दीको कारण समानहरूको मूल्य उच्च रहेकोले कैन्दीलाई सिधावापत दिने चामल र रकमले जीवन धान्न समस्या परेकोले उक्त रकम बढाउनु पर्ने माग कैदीबन्दीको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : ५० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर