मिटरब्याजी पीडितको समस्या समाधान गर्न ध्यानाकर्षण « Khabarhub

मिटरब्याजी पीडितको समस्या समाधान गर्न ध्यानाकर्षण


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे ।

सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरे ।

सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गरिन्।

उनले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १२ : ५७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी