राष्ट्रियसभाका सदस्यद्वारा मिटरब्याजी पीडितको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभाका सदस्यद्वारा मिटरब्याजी पीडितको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताइन् । उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरुले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन् । सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानून संशोधन गरी कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।

सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्वपीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा लामो समयदेखि नेतृत्वविहीन रहेको र कायम मुकायमकै भरमा चलिरहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा तदरुकता देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १ : ४३ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर