ताइवानी राष्ट्रपति न्यूयोर्कमा | Khabarhub Khabarhub

ताइवानी राष्ट्रपति न्यूयोर्कमा


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकाको न्यूयोर्क पुगेकी छिन् । स्वदेश फर्कने क्रममा उनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ ।

ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चीनले चेतावनी दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने चीनले बताउँदै आएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’ मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य रहेको बताएका छन् । विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेको उनको भनाइ छ ।

राष्ट्रपति साईको विदेश भ्रमाणको सातौँँ अमेरिका ट्रान्जिट हो । सन् १९९४ यता ताइवानका बहालवाला राष्ट्रपतिले २९ पटक अमेरिकालाई ट्रान्जिट पारेर यात्रा गरेका छन् ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

चीनले राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै यदि दुई नेताबीच भेटवार्ता भएमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो ।

सभामुख म्याकार्थीले पनि क्यालिफोर्नियामा राष्ट्रपति साईलाई भेट्ने बताएका छन् । गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले ताइवान टापु वरपर जनमुक्ति सेना उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

यसअघि पनि एक जना वरिष्ठ अमेरिकी प्रशासकले राष्ट्रपति साईको भ्रमणलाई बहाना बनाएर रोकटोकको अवाञ्छित क्रियाकलापमा नउत्रन चीनलाई अनुरोध गरेका छन् । राष्ट्रपति साईको अमेरिका बसाईलाई लिएर चीनलाई आक्रमक नबन्न र जबरजस्ती नगर्न आह्वान गर्दै उनले चीनको चेतावनीबाट अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ५ : ३७ बजे

कार दुर्घटानमा परे बलिउड गायक पवनदीप

काठमाडौं – ‘इन्डियन आइटल सिजन १२’का विजेता पवनदीप राजन कार

नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली

काठमाडौं– नेपालमा १२४ वटा मातृभाषा बोलिने गरेको पाइएको छ ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा

काठमाडौं– नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको

सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ

सिरहा– सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई  प्रहरीले 

बामदेवले भने- व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ 

काठमाडौं– राष्ट्रियसभा सदस्य बामदेव गौतमले मुलुकको अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई