कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्दै | Khabarhub Khabarhub

कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्दै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत रहेको केएमसीमा पहिलो पटक सम्मेलन हुन लागेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यहि चैत १८ र १९ गते हुने सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्नेछन् ।

केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले दिएको जानकारी अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । ‘सम्मेलनमा आफ्नो प्रस्तुति राख्नका लागि देशव्यापी रुपमा ७६ जनाको दावी परेको थियो’, साउँदले भने ।

सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालय बाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् । राष्ट्रिय सम्मेलन क्याम्पसमै हुनेछ ।

विहान ७ बजे देखि वेलुका ५ बजे सम्म हुने सम्मेलनमा एक जनाले १५ मिनेट जति आफ्नो प्रस्तुति राख्ने छन् । कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको उप–प्राध्यापक साउँदको भनाई छ । प्राज्ञिक व्यक्तिहरुले समाजमा रहेका संस्कारहरुलाई सम्मेलनमा झल्काउने विश्वास उनको रहेको छ । सम्मेलनमा ४ वटा विदालाई समेटिएका छ । शिक्षा, व्यावस्थापन, विज्ञान र समाजलाई समेटिएको जनाएको छ ।

सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई वाहिर ल्याउन सहयोग पुग्ने प्राध्यापक डा। राजेन्द्रविर चन्दले विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हँुदा यहाँका नागरिकहरुलाई सहभागि भएर जानकारी लिईदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ६ : ३७ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा