मेयर्स कपको उपाधि एपीएफले जित्यो | Khabarhub Khabarhub

मेयर्स कपको उपाधि एपीएफले जित्यो


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रोसंस्करणको उपाधि एपीएफ क्लबले जितेको छ ।

बिहीबार टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन भएको हो। एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो।

उपाधिसंगै विजेता एपिएफले दुईलाख र उपविजेता कोशीले एक लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। त्यस्ते कोशीको कप्तान रुविना यदिेत्रीबेलबासे उत्कृष्ट ब्याटर र युवा तीव्र गतिकी बलर निशा शाह उत्कृष्ट बलर चुनिन् । बिजयी टीमलाईललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगाएतले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामासुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेशप्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : २३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ