क्यान्सरको प्रमुख कारण धूम्रपान, मद्यपान र मोटोपन | Khabarhub Khabarhub

क्यान्सरको प्रमुख कारण धूम्रपान, मद्यपान र मोटोपन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमा क्यान्सरबाट मृत्यु हुनेको संख्या निकै बढेको छ। धेरै मानिसले क्यान्सरलाई घात रोग भनेर पनि बुझ्ने गरेको पाइन्छ। हाम्रो शरीरमा भएका कोशिका कुनै कारणवश अनियन्त्रित भएर विभाजित भए भने त्यसलाई क्यान्सर भनिन्छ। क्यान्सर एउटा नसर्ने रोगमा पर्छ। यो जुनसुकै उमेरका मानिसलाई जुनै बेला पनि हुनसक्छ। अहिलेसम्म सय भन्दा बढी किसिमका क्यान्सर पत्ता लागिसकेका छन्। त्यसैले अहिले क्यान्सर किन बढिरहेको छ, क्यान्सर भए के गर्ने ?, उपचार सम्भव छ कि छैन यसै विषयमा आधारित रहेर ह्याम्स अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

क्यान्सर भनेको के हो ?
हाम्रो शरीरमा हजारौँ, लाखौँ कोशिकाहरू हुन्छन्। ती कोशिका कुनै कारण वश अनियन्त्रित भएर विभाजित भएको अवस्थालाई हामी क्यान्सर भएको भन्छौँ। क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर कुनै क्यान्सर वंशाणुगत रूपमा जान सक्छ। क्यान्सर हाम्रो शरीरका विभिन्न अंगमा हुने गर्दछ। यसको नाम पनि ठाउँ अनुसार नै हुन्छ। जस्तो मुटुमा क्यान्सर भए मुटुको क्यान्सर, फोक्सोमा क्यान्सर भए फोक्सोको क्यान्सर त्यसैगरी अन्य शरीरको जुन भागमा क्यान्सर भएको छ त्यो भागको नाम अनुसार नै क्यान्सरको नामकरण गरिन्छ।

के कारणले हुन्छ क्यान्सर ?
क्यान्सर रोग अहिलेसम्म यो नै कारणले हुने भन्ने पत्ता लागेको छैन तर ९० प्रतिशत क्यान्सर हाम्रो खानपान, जीवनशैली र वातावरण प्रदूषणको कारणले गर्दा बढेको पाइएको छ। पाँचदेखि १० प्रतिशत क्यान्सर वंशाणुगत रूपमा जाने हुन्छ। अहिले क्यान्सर गराउने पहिलो कारण धूम्रपान र मद्यपान रहेको छ भने दोस्रो कारण मोटोपना रहेको छ।

आफूलाई क्यान्सर भएको कसरी थाहा पाउने, लक्षणहरू के के देखिन्छन् ?
क्यान्सर कुन अङ्गमा लागेको छ त्यसको आधारमा नै लक्षणहरू देखा पर्छन्। कुन क्यान्सर भयो भनेर थाहा पाउन बुँदागत ढंगले हेर्नुपर्ने हुन्छ :
फोक्सोको क्यान्सर : लामो समयसम्म खोकी लाग्ने, सामान्य उपचार गर्दा उक्त खोकी निको नहुने हुन्छ। खकारमा रगत देखा पर्ने, आवाज सुक्ने, तौल घट्ने जस्ता समस्या यो क्यान्सरमा देखिन्छन्।
पेटको क्यान्सर : खानाखान मन पटक्कै नलाग्ने, कब्जियत हुने, दिसामा रगत जाने, पातलो दिसा जाने, वान्तामा रगत देखिने हुन्छ।

मिर्गौलाको क्यान्सर : असाध्यै पेट दुख्ने, पिसाबमा रगत जाने, तौल घट्ने हुन्छ।

पाठेघरको मुखको क्यान्सर : महिनावारी समयमा नहुने, यौन सम्पर्कपछि योनीबाट रगत बग्ने, पिसाब फेर्दा वा दिसा गर्दा दुख्ने, योनीबाट गन्धसहितको पानी बग्ने, महिनावारीमा कालो रगत देखा पर्ने हुन्छ।

स्तनको क्यान्सर : स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिने, स्तन सुनिने, दुख्ने, स्तनमा खाल्टो पर्ने, स्तनको मुन्टोबाट रगत वा सेतो पानी आउने, स्तनको आकारमा परिवर्तन आउने हुन्छ।

रक्त क्यान्सर : लगातार ज्वरो आउने, निरन्तर पखाला लाग्ने, सास फेर्न अप्ठ्यारो हुने, शरीरमा गाँठागुठीका साथै निलो डाम देखिने हुन्छ। यसरी क्यान्सर जुन अङ्गमा भएको छ त्यही आधारम लक्षणहरू देखा पर्छन्।

के खाएमा क्यान्सर हुन्छ ?
धूम्रपान र मद्यपानको अत्यधिक सेवनले क्यान्सर भएको धेरै पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार धूम्रपान मद्यपान सेवनबाट बच्ने हो भने करिब ९० देखि ९५ प्रतिशतबाट हामी बाँच्न सक्छौँ। बाहिरका खाना धेरै प्रयोग गर्नु हुँदैन। तारेका लामो समय प्याकेटमा राखेका खान नखानु राम्रो हुन्छ। नेपाली खाना दाल भात र तरकारी खाँदा निकै राम्रो हुन्छ। यो खाना संसारको राम्रो खाना हो।

क्यान्सर भए बच्ने उपाय के हुन् ?
-कसैलाई क्यान्सर भएको छ भने नियमित रूपमा चेक जाँचमा जानुपर्छ।
-पेनकिलर लगायतका औषधि धेरै मात्रामा खानु हुँदैन,
-शारीरिक व्यायाम, योगा लगायतका व्यायाम नियमित गर्नुपर्छ,
-क्यान्सर गराउने कारक तत्त्व कम गर्ने, जस्तो धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ ।
-दैनिक आधा घण्टा पसिना आउने गरी हिँड्नुपर्छ।
-मोटोपना कम गर्नुपर्छ।
-फास्ट फुडहरू खानु हुँदैन, भातको मात्रा कम र दाल तरकारी बढी खानुपर्छ।
-कोक, फेन्टा लगायतका खाने कुरा खानु हुँदैन।
-कसैको परिवारमा दुईदेखि तीन पुस्ताका मान्छेलाई क्यान्सर भएको छ भने एक पटक स्किनिङमा जानुपर्छ।
-प्रत्येक दिन बिहान सादा वा कागती पानीको सेवन गर्दा पनि क्यान्सर नहुने सम्भावना हुन्छ।
-दैनिक ६ देखि ७ घण्टाको आराम वा निन्द्रा निकै आवश्यक छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०६ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित