महावीरको आन्दोलनलाई समर्थन जनाउँदै देशका विभिन्न ठाउँमा प्रदर्शन | Khabarhub Khabarhub

महावीरको आन्दोलनलाई समर्थन जनाउँदै देशका विभिन्न ठाउँमा प्रदर्शन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौँको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशभरबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।

शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरे भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वस्फुर्तरुपमा प्रदर्शन भएको छ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखि धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरूले देशैभरीबाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरूले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले महावीर पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्। प्ले कार्डसहित स्वतःस्फूर्त रूपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरूले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस