बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जीत « Khabarhub

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जीत


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जीत हासिल गरेको हो।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान बेन्जेमाले ५औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए।

पाँचौ मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे  र ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए। तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा बनाई दिए।

पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थिति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याई दिए। त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सीमित रहेको छ। दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शीर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ०५ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।