आत्मघाती गोल उपहार पाएको बार्सिलोना उपाधि नजिक « Khabarhub

आत्मघाती गोल उपहार पाएको बार्सिलोना उपाधि नजिक


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधिका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो दाबेदारी कायमै राखेको छ।

शनिबार राति भएको खेलमा रिअल बेटिसलाई ४–० ले हराउँदै आफ्नो दाबेदारी कायमै राखेको हो।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका थिए।

३६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल थपे। त्यसको तीन मिनेटमै राफिन्हाले अर्को गोल गर्दा बार्सिलोना पहिलो हाफमै ३–० को अग्रता लिन सफल भयो।

बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि पहिलो हाफबाट नै टिम १० खेलाडीमा समेटिन पुगेको थियो।

बार्सिलोनाको चर्को दबाबमा परेको बेटिस त्यो बेला झन् चर्को दबाबमा रहन पुग्यो, जुन बेला बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा बार्सिलोनालाई आत्मघाती गोल उपहार दिए। अन्ततः खेल ४–० मा टुंगियो।

यो जितसँगै बार्सिलोनाले ८२ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित रियल बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी