आत्मघाती गोल उपहार पाएको बार्सिलोना उपाधि नजिक « Khabarhub

आत्मघाती गोल उपहार पाएको बार्सिलोना उपाधि नजिक


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधिका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो दाबेदारी कायमै राखेको छ।

शनिबार राति भएको खेलमा रिअल बेटिसलाई ४–० ले हराउँदै आफ्नो दाबेदारी कायमै राखेको हो।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका थिए।

३६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल थपे। त्यसको तीन मिनेटमै राफिन्हाले अर्को गोल गर्दा बार्सिलोना पहिलो हाफमै ३–० को अग्रता लिन सफल भयो।

बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि पहिलो हाफबाट नै टिम १० खेलाडीमा समेटिन पुगेको थियो।

बार्सिलोनाको चर्को दबाबमा परेको बेटिस त्यो बेला झन् चर्को दबाबमा रहन पुग्यो, जुन बेला बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा बार्सिलोनालाई आत्मघाती गोल उपहार दिए। अन्ततः खेल ४–० मा टुंगियो।

यो जितसँगै बार्सिलोनाले ८२ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित रियल बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको