सहिद स्मारक लिग : हिजो वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै « Khabarhub

सहिद स्मारक लिग : हिजो वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन्।

हिजो परेका भारी वर्षाका कारण स्थगित भएका खेलहरूसहित आज चार वटा खेल एकै दिन हुन लागेका हुन्।

जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुई खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिमालयन र आर्मी क्लबका बीचमा खेल हुनेछ। वर्षाका कारण हिजो रोकिएको यो खेल आज दिउँसो ४:३० बजे सुरु हुनेछ।

यसैगरी, साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच पनि रंगशालामा नै प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुने जनाइएको छ।

एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब एक आपसमा भिड्ने छन्। वर्षाका कारण हिजो हुन नसकेको यो खेला आज दिउँसो ३:३० बजे सुरु हुनेछ। एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०१ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी