ताँजकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा | Khabarhub Khabarhub

ताँजकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युत्‌को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् ।

ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिंगो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताएका छन् ।

 त्यसमा आठ सय ५० घरधुरी जलविद्युत्‌को पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युत्‌मा जोडिएका हुन् । आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।

त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युत्‌ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ । पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ । विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ५३ बजे

ओली र देउवाले ‘रिक्वेस्ट’ गर्नुभयो, निर्णय शनिबार हुन्छ : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे पार्टीको औपचारिक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, पाँच घाइते

सिन्धुली– झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना हुँदा एकजनाको

आज तरकारी तथा फलफूलको थोक मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर– खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट

कम्बोडियाका लागि नेपाली राजदूत ओलीबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

कम्बोडिया– कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नरेश नरोदम