चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो । 

सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उनका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ । निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउने र मिचाहा प्रजाति नियन्त्रण गरी हटाउने जस्ता कार्यक्रम गर्ने गरेको छ ।

निकुञ्जले पुराना घाँसे मैदानको व्यवस्थापन र नयाँ घाँसे मैदान निर्माण गर्दै आएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७६-७७  मा रु तीन करोड १० लाख बजेटमा छ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सोही वर्ष २८ लाख ९९ हजार बजेटमा ५७ दशमलव ७९ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो ।

यसैगरी आव २०७७-७८ मा रु तीन करोड ५० लाख बजेटमा सात सय  हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरिएको थियो भने सोही वर्ष रु ९९ लाख ५७ हजार बजेटमा चार सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा रु २५ लाख बजेटमा ५० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गरिएको थियो भने रु ३८ लाख ३५ हजार मा ३०८ हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गरिएको छ । चालु आवमा रु २५ लाख बजेटमा ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिएको र भने रु ३३ लाख ३७ हजार मा दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

गैंँडालगायतका बाघको आहारा प्रजातिका जनावरका लागि घाँसे मैदान महत्वपूर्ण मानिन्छ । यसका साथै पानीको स्रोतको पनि व्यवस्थापन महत्वपूर्ण छ । निकुञ्जभित्र करिब ११० वटा साना ठूला ताल, घोल र पोखरी छन् । 

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाघ र ९९ दशमलव सात प्रति वर्गकिलोमिटर क्षेत्रफलमा आहारा प्रजातिको बासस्थान छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल बढाउँदै जानुपर्ने भए पनि पर्याप्त बजेटको अभावमा घाँसे मैदान बढाउन नसकिएको तिवारीको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ०६ बजे

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार

काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै

साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं– चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको

भ्रष्टाचारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको