निरा पाण्डेका हत्या आरोपी सार्वजनिक « Khabarhub

निरा पाण्डेका हत्या आरोपी सार्वजनिक


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर  पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ । 

पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ । 

सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ । आफूहरूसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : २५ बजे

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट