भारतको मुम्बईमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न,‍ नेपालबाट डा. शाही सहभागी « Khabarhub

भारतको मुम्बईमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न,‍ नेपालबाट डा. शाही सहभागी


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सहभागी भएका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन मेडिकल कलेजमा अनकोलोजी सहायक प्राध्यापकका रूपमा कार्यरत शाही भारतको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा आइतबार आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् ।

सम्मेलनमा डा. शाहीले नेपालमा परिशुद्धता ओन्कोलोजीको माहत्व र बिरामीलाई पुग्ने फाइदाका विषयमा प्रस्तुति दिएका छन् ।

उनले भने ‘क्यान्सर उपचारमा प्रेसिजन ओन्कोलोजी सबैभन्दा उपयोगी हुनसक्छ, जुन उपचारले बिरामीमा आशा जगाउँछ।’

‘हरेक बिरामीको क्यान्सर फरक फरक हुन्छ । प्रेसिजन ओन्कोलोजी बिरामीको क्यान्सरको अणुवांशिक उत्परिवर्तन पहिचान गरेर सटीक उपचारको नयाँ विधि हो ।’ उनले भने । क्यान्सर विश्वभर नै प्रमुख स्वास्थ्य चुनौती भएको उनको भनाइ छ ।

‘क्यान्सर रोगलाई विश्वभर हुने मृत्युको प्रमुख कारण मानिन्छ । मानव स्वास्थ्यमा क्यान्सरको सबैभन्दा घातक प्रभावहरू मध्ये एक यो हो कि यो प्रारम्भीक चरणहरूमा पत्ता लगाउन गाह्रो हुन्छ र पछिको चरणहरूमा उपचार गर्न गाह्रो हुन्छ । रेडियोथेरापी र केमोथेरापीसँगै एक्काइसौं शताब्दीमा पनि क्यान्सर उपचारको सबैभन्दा सामान्य तरिकाको शल्यक्रिया हो।’ उनले भने ।

सो सम्मेलनमा क्यान्सरसम्बन्धी उत्कृष्ट काम गरेका अमेरिका, बेलायत लगायतका ८ देखि १० मुलुकका चिकित्सकको सहभागिता छ ।

रिलायन्स इण्डस्ट्रिजका संस्थापक उद्योगपति धीरुभाई अम्बानीकी पत्नी कोकिलाबेन अम्बानीको नामबाट उक्त अस्पतालको नामाकरण गरिएको हो । ७५० शैयाको यो अस्पताल सन् २००९ बाट सञ्चालनमा आएको हो ।

यस अस्पताल भारतमामात्रै नभई एसियामै प्रतिष्ठित मानिन्छ । कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एसियाकै पहिलो ३ कोठाको इन्ट्रा–अपरेटिभ एमआरआई सुइट, भेरियन मेडिकल सिस्टम्सबाट एसियाको पहिलो रेडियो सर्जरी प्रणाली, ओ–आर्म सुविधा भएको भारतको पहिलो स्पाइन सर्जरी सुइट र अन्य धेरै सुविधा उपलब्ध छन् ।

विगत केही वर्षदेखि यस्तो सम्मेलन हुँदै आए पनि नेपालबाट भने डा. शाही पहिलो पटक सहभागी भएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : १३ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो