इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी « Khabarhub

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ ।

इरानी समाचार संस्था तस्निमले प्रारम्भिक विवरण उद्धृत गर्दै केशम टापुमा दुईवटा मिसाइल खसेको जनाएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार विमानको आवाज सुनिएपछि टापुको सोजा क्षेत्रमा दुईवटा प्रक्षेप्य खसेका थिए । घटनाबाट भएको सम्भावित क्षतिबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

यसैबीच, समाचार संस्था रोयटर्सले इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै इरानी सेनाले केशम टापुमाथि उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको जनाएको छ।

यद्यपि, अमेरिकी ड्रोन खसालिएको घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन । त्यस्तै, टापुमा दुईवटा मिसाइल खसेको र ड्रोन खसालिएको घटनाबीच कुनै सम्बन्ध रहे–नरहेको पनि स्पष्ट भएको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १२ : २९ बजे

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

नयाँदिल्ली– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन