इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने « Khabarhub

इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः सुरुवात भएपछि त्यसबाट भारतलाई पनि लाभ हुने एक जना कूटनीतिज्ञले बताएका छन् । तेहरान र रियादबीचको सम्झौताले खाडी क्षेत्रमा स्थायित्व र शान्ति कायम हुने र त्यसको लाभांश भारतलाई समेत प्राप्त हुने भारतका लागि इरानी राजदूत इराज इलाहीले बताएका हुन् ।

एक पत्रकार सम्मेलनमा चीनको मध्यस्थतामा इरान र साउदी अरबबीच पुनः प्रारम्भ भएको कूटनीतिक सम्बन्ध भारतका लागि खास चासोको विषय नभएको बताउँदै राजदूत इहालीले फारसको खाडी क्षेत्रमा शान्ति र स्थायित्व सुदृढ हुँदा आप्रवासी भारतीय कामदारले ढुक्क भएर श्रम गर्न पाउने तथा सरकारीस्तरमा पनि पारस्परिक साझेदारी एवम् सहकार्य गर्न सहज हुने धारणा राखे । सुन्नीबहुल साउदी अरब र शियाबहुल इरानबीच पुनस्थितापित कूटनीतिक सम्बन्धले धार्मिक सद्भाव विस्तार गर्न बल पुग्ने उनको भनाइ छ ।

शान्ति एवम् अमनचैन हुँदा विकास निर्माण र नवप्रवर्तनका काममा ध्यान दिन सहज हुने तर्क गर्दै इलाहीले पश्चिम एसिया भारतको प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीचको सुधारिएको सम्बन्धबाट भारत पनि लाभान्वित हुने बताए ।

इरान–साउदी सम्बन्धबाट क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सुरक्षा सुनिश्चित हुनका साथै त्यसले खाडी क्षेत्रमा मात्र नभई अन्य स्थानमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले उदीयमान अर्थतन्त्र भारतलाई आफ्ना उत्पादनको बजार विस्तार पनि एउटा अवसर हुने उनको भनाइ छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पश्चिम एसियाका विभिन्न देशसँग भारतको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उक्त क्षेत्रमा भारतको स्थायी चासो रहेको बताएका छन् । भारतले सधैँ मतभेदहरू समाधान गर्न वार्ता र कूटनीतिलाई जोड दिएको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : ४१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल