ए डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी « Khabarhub

ए डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।

खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३ औँ मिनेटमा संकटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३  खेल नै खेलको संकटा १६ अंक जोडेर अंक तालिकाको ११ औँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ०३ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी