विश्व मानचित्रमा भारतको प्रभाव बढ्दो | Khabarhub Khabarhub

विश्व मानचित्रमा भारतको प्रभाव बढ्दो


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समयअघि फ्रान्सको विलासी सामान उत्पादन गर्ने कम्पनी लुई भुइतोँले दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चाल्यो ।

दक्षिण एसिया र विशेषगरी भारतमा व्यापारलाई थप विस्तार गर्न यस कम्पनीले बलिउडकी नायिका दिपिका पादुकोणलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गर्यो । भारतमा अर्बपति धनाढ्य र मध्यमवर्गको विस्तार भइरहेका बेला फ्रान्सेली कम्पनीले भारतीय नायिकालाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्नुलाई निकै चासोका साथ हेरिएको छ ।

गत महिनामात्र पेरिसको क्रिस्टियन डायरले पनि मुम्बईमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो वस्तु प्रदर्शन गर्यो । क्रिस्टियन डायरको माउ कम्पनी पनि लुई भुइतोँ नै हो । भारतका चर्चित सेलिब्रेटी सहभागी उक्त कार्यक्रमको भोलिपल्ट कम्पनीको शेयर १ प्रतिशतले बढेर नयाँ कीर्तिमान कायम भयो ।

विश्वका अर्बपति धनाढ्य बर्नाड आर्नौको कम्पनीले भारतमा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने निर्णयलाई भारतको बढ्दो धनमा आफ्नो चासो देखाएको रुपमा विश्लेषण गरिएको छ ।

अक्सफामको तथ्यांकअनुसार भारतमा ११९ जना अर्बपति रहेका छन् भने ८ लाख भन्दा धेरै दश लाख डलर सम्पत्ति भएका मानिसहरु बसोबास गर्छन् । नाइट फ्राङ्कको तथ्यांकअनुसार सन् २०२६ मा भारतमा १० लाख डलर सम्पत्ति हुने मानिसहरुको सङ्ख्या १४ लाख पुग्नेछ ।

मध्यमवर्गको विस्तार भइरहेकाले भारतलाई विलासी वस्तुको नयाँ बजारका रुपमा हेरिएको छ । सन् १९९१ मा उदारीकरण सुरु भएयता भारतले लगानीको वातावरणलाई सुधार गर्न निकै गम्भीर कदम चालेको छ । यसबाहेक पूर्वाधार, राजनीतिक एवम् सामाजिक पाटो पनि भारतमा प्रत्यक्ष वैदेशिक लगानी बढ्नुका कारणहरु हुन् ।

अर्कोतर्फ पाकिस्तान आफैँ आर्थिक संकटसँग जुधिरहेको छ भने राज्यका संस्थानहरु पनि मजबुत मानिँदैनन् । त्यसैगरी पाकिस्तानको शिक्षा प्रणालीमा पनि सुधार आवश्यक रहेको ठानिन्छ ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जर्मनीको विलासी कार उत्पादक मर्सिडिज बेन्जले भारतमा चासो बढाएको खबर प्रकाशन गरेको थियो । सस्तो र सानो मोडलका कारको दबदबा रहँदै आएको भारतीय बजारमा गत वर्ष मर्सिडिज बेन्जले गत वर्ष कीर्तिमान सङ्ख्यामा विलासी कार बिक्री गरेको थियो ।

त्यसैगरी भारतमा धनाढ्य अम्बानी परिवारले पनि विलासी वस्तुको व्यापारतर्फ चासो बढाएका छन् । केही समयअघि मुम्बईमा निता मुकेश अम्बानी साँस्कृतिक केन्द्रको उद्घाटनले विश्वको ध्यान तानेको थियो ।

छिमेकी पाकिस्तानले भारतमा विकसित घटनालाई अवश्य नियालिरहेको छ । यस्ता अवस्थामा पाकिस्तानले आफ्नो नयाँ मार्ग पहिल्याउन र व्यापारलाई सुदृढ गरी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने देखिएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : २७ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल