महाकालीमा बेपत्ता किशोर भेटिएनन्  « Khabarhub

महाकालीमा बेपत्ता किशोर भेटिएनन् 


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खलङ्गा- दार्चुलाको सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । दुई दिनदेखि उनको खोजी कार्य जारी छ ।

महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथीहरूसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए ।

बेपत्ता धामीको खोजी कार्य जारी छ । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन् । उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  २ : ५३ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री