उत्तरी मेक्सिकोमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तरी मेक्सिकोमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- उत्तरी मेक्सिकोस्थित राजमार्गमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

“सिभिल फोर्सका कर्मचारीलाई तीन वटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,” नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् ।

दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । राजमार्गमा भएको उक्त आक्रमणमा लागूऔषध तस्करी गर्ने सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताइएको छ ।

नुएभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा नियमितजसो हिंसात्मक घटना हुँदै आएका छन् । सन् २००६ मा मेक्सिको सरकारले लागूऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा  बढी हत्या, करिब एक लाख जबरजस्ती बेपत्ता पारिका घटना भएका छन् ।

सरकारले यस्ता घटनामा सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ४ : ०४ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान