बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ०७ बजे

‘निर्वाचन प्रणाली तथा व्यवस्थापनमा आधारभूत सुधार आवश्यक’

काठमाडौं– निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली

२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी

किएभ- युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट

बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण सुरु

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

कोशीको चौथो अधिवेशन भोलि दिउँसो १ बजे बस्ने

विराटनगर– कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने

वर्तमान सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनाएको छ : ओली

काठमाडौं– पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा