सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा चीनमा महिला पक्राउ | Khabarhub Khabarhub

सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा चीनमा महिला पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् ।

चिनियाँ जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकार ली हाओशीको समर्थन गर्दै अनलाइनमा पोस्ट गरेको आरोपमा ३४ वर्षीया महिलालाई पक्राउ गरिएको बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएको छ ।

यसअघि ली हाओशीले चिनियाँ जनमुक्ति सेनाप्रति व्यङ्ग्य गर्दै दुई वटा कुकुरले लोखर्केलाई लखेटेको भनी टिप्पणी गरेको अडियो भाइरल भएको थियो । त्यसपछि चिनियाँ सुरक्षा अधिकारीले सन् २०२१ मा अघि सारिएको कानूनअनुसार हाओशीविरुद्ध अनुसन्धान अघि बढाएका थिए । उक्त कानूनअनुसार चिनियाँ जनमुक्ति सेनामाथिको आलोचनालाई अपराध मानिएको छ ।

यस घटनापछि ली हाओशीका रोजगारदातालाई १६ लाख ८० हजार पाउण्ड बराबरको जरिवाना तिराइएको थियो । पछि ती ३४ वर्षीया महिलाले ली हाओशीको समर्थनमा पोस्ट गरेकी थिइन् ।

ती महिलाले आफ्नो अपराध स्वीकार गरेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १२ : १४ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम