दही चिउराको महत्त्व र फाइदा « Khabarhub

दही चिउराको महत्त्व र फाइदा

आज असार १५


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन। आजबाट रोपाइँ सुरु गरेर दही चिउरा खाजाको रूपमा खाने चलन रहेको छ। दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ। दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ। यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ।

आजको दिनलाई किसानले विशेष रूपमा दही चिउरा खाने पर्वको रूपमा मनाउने गरेका छन्। ग्रामीण क्षेत्रमा रोपाइँ गर्ने किसान मात्रै होइन रोपाइँ नगर्ने सहरमा बस्ने पनि आज दही चिउरा खाएर यो दिनलाई विशेष दिनको रूपमा मान्ने गर्दछन्।

दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुनेगर्छ। दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ। त्यसैले दही चिउरा खाँदा मिठो मात्र होइन, यसले स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ।

दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुनेगर्छ।

दही चिउरा खानुको फाइदा
दही चिउरा खानुका केही फाइदा हामीले माथि नै चर्चा गरिसकेका छौं। यसका फाइदालाई बुँदागत रुपमा निम्नि अनुसार उल्लेख गर्न सकिन्छ।
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ। त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ। यसले शरीरमा शीतलता प्रदान गर्छ।
– गर्मीमा दही पिएर घरबाट निस्किँदा ‘लू’ लाग्ने खतरा पनि कम हुन्छ। मांसपेशी बलियो बनाउँछ। त्यस कारण दही खानु निकै फाइदाजनक मानिन्छ।
– चिउरा सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेले दहीसँग प्रयोग गर्न सकिन्छ।
– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ।
– चिउरामा कार्बोहाइड्रेड भएकाले दहीमा मिसाएर खाँदा शरीरमा शक्ति प्रदान गर्दछ।
– दहीमा चिउरा मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ।

– पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ।
– पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ।
– दही चिउराको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउने हुन्छ।
– ढाँड तथा जोर्नीको दुखाइमा नियमित रूपले दही सेवन गर्दा फाइदा पुग्छ।
– चिउरामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : ०० बजे

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले यस साता नयाँ उथलपुथल ल्याएको छ

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड