पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध « Khabarhub

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

चितवन– पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको सडक अझै खुल्न सकेको छैन । माथिबाट ढुंगा–माटो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । 

पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम नरोकिए पछि  बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ–सात घन्टा लाग्ने बताए । उनले दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । 

पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको बताइएको छ ।

सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : ५२ बजे

दुई सय १३ किलोग्राम गाँजा बरामद

पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।