थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने « Khabarhub

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन- बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ ।

सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ ।

बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ । दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ ।

 सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन् । उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : ०८ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली