हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते « Khabarhub

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।

आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपुरमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर रामचन्द्र घिमिरेका अनुसार चितवनको नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस नवलपुरमा दुर्घटना भएको हो ।

घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको छ । हेटौंडाकै चुरेहिल अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

दुर्घटनामा घाइते भएका २१ जनाको चुरेहिल अस्पताल र ३० जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक भने अहिलेसम्म सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै