हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते « Khabarhub

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।

आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपुरमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर रामचन्द्र घिमिरेका अनुसार चितवनको नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस नवलपुरमा दुर्घटना भएको हो ।

घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको छ । हेटौंडाकै चुरेहिल अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

दुर्घटनामा घाइते भएका २१ जनाको चुरेहिल अस्पताल र ३० जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक भने अहिलेसम्म सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ४८ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित