खोलामा डुबेर एक जनाको मृत्यु « Khabarhub

खोलामा डुबेर एक जनाको मृत्यु


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखामा डुबेर एक जनाको मृत्यु भएको छ । त्रिवेणीघाट नजिकैको चर्नावती खोलामा पौडने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । भीमेश्वर वडा नम्बर ६ का रोशन श्रेष्ठको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अन्दाजी १९ वर्षका उनी साथीहरूसँग दिउँसो १ बजेतिर पौडी खेल्न खोला जाने योजना बनाएका थिए । त्यसपछि उनी साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्दा खेल्दै उनलाई खोलामा डुबेको देखेपछि उनलाई साथीहरूले बचाउन प्रयास गर्दा पनि नसकेको साथीहरूहरूले बताएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रवक्ता निरीक्षक राजेश सिग्देलले बताएका छ्न् ।

अहिले उनको शव पोस्टमार्टमका लागि पशुपति मेमोरियल अस्पताल चरिकोट लगिएको छ । सोधपुछका लागि प्रहरीले साथीहरूलाई नियन्त्रणमा लिएको छ भने उनको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : ०० बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली