विवेकशील साझाद्वारा नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक « Khabarhub

विवेकशील साझाद्वारा नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।

नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउन, धरातलीय यथार्थ बुझाउन अभियान चलाइने भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थित पार्टी कार्यालयमा सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो ।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराइ धरातलीय यथार्थ बुझाउन सांस्कृतिक मानचित्र सार्वजनिक गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर बनाइएको ‘अखण्ड भारत’ को नयाँ नक्साप्रति नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कुटनीतिक नोट समेत पठाउन नसकेको उनले बताइन् ।

यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको बास्कोटाले बताइन् ।

नेपालको सुगौली सन्धी अगाडीको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रे विहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन् ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : १३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक