जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो « Khabarhub

जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तरप्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा पुगेका उनी बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेका हुन् ।

दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेकेका हुन् । उनी सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउँदैनन् । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए ।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उनले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिएका थिए । अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए । उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए ।

अध्यक्ष भण्डारीले भने, “प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताउनुभयो ।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : २९ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली