आन्तरिक आर्थिक समस्या चीन | Khabarhub Khabarhub

आन्तरिक आर्थिक समस्या चीन


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति सी चिन फिङ साँच्चै अप्ठेरो अवस्थामा परेका छन्। ताइवानसँगको तनावसँगै पश्चिमा देशहरूले सैन्य गतिविधि बढाएकोमा आक्रोश व्यक्त गरेका छन्। अर्कोतर्फ चीन आफै घरेलु समस्यामा फसेको छ। चीनको सबै भन्दा ठुलो समस्या भनेको आर्थिक समस्यामा नै हो। बाहिर देखिँदा सामान्य जस्तो लाग्ने चीनको आन्तरिक आर्थिक समस्या भुसको आगो झैँ सल्किएको छ। कुनै समय चिनियाँ अर्थतन्त्रको शक्ति केन्द्र मानिएको प्रोपर्टी क्षेत्र अहिले तरल बनेको छ। धेरै विज्ञका अनुसार अझ खराब दिन त आउन नै बाँकी छ।

प्रोपर्टी क्षेत्रको यो समस्याले त्यहाँको अर्थतन्त्रलाई दीर्घकालीन प्रभाव पार्ने निश्चित जस्तै देखिएको छ। दीर्घकालीन रूपमा उत्थानका कार्यक्रम समेत निरर्थक साबित हुने सम्भावना प्रबल भएको छ। गएको वर्ष सिङ्गो संसारले मुद्रास्फीतिको समस्या भोगेको थियो। मुद्रास्फीति शून्यमा झरेका कारण मन्दी रोकिने आधार सतही रूपमा देखिए पनि अन्य सबै कारणहरू हेर्दा त्यो सहज देखिँदैन।

राष्ट्रपति सी चिन फिङ साँच्चै अप्ठेरो अवस्थामा परेका छन्। ताइवानसँगको तनावसँगै पश्चिमा देशहरूले सैन्य गतिविधि बढाएकोमा आक्रोश व्यक्त गरेका छन्। अर्कोतर्फ चीन आफै घरेलु समस्यामा फसेको छ।

आधिकारिक तथ्याङ्कलाई नै आधार मान्ने हो भने आर्थिक वृद्धि दर ओरालो लागेको छ। यो कुनै समय ऋणात्मक पनि हुनसक्ने छ। अहिले मूल सहर भन्दा दोस्रो किसिमको सहरमा बढी समस्या देखिएको छ। त्यहाँको महालेखाको रिपोर्ट अनुसार जग्गा बिक्रीमा निर्भर रहेका धेरै निकाय अहिले समस्यामा छन्। त्यहाँ आम्दानी घटेका छन्। स्थानीय सञ्चार माध्यमले जनाए अनुसार धेरै कर्मचारीको तलब घटाइएको छ भने अन्य सुविधामा पनि कटौती भएको छ।

धेरै निकायमा बजेट तयार गर्नसमेत समस्या परेको छ। त्यहाँको इन्भेस्टमेन्ट बैङ्कका अनुसार जनवरीदेखि मे महिनाको बीचमा आम्दानी अनुमान गरिएको १६३ अर्ब डलर भन्दा धेरै कम ११० अर्ब डलर मात्र भएको छ।

चीनको ओरालो यात्राको असर संसारका अन्य केही देशमा पनि परेको छ। यसको असर अष्ट्रेलियामा देखिएको हो। अष्ट्रेलिया चिनियाँ बजारको एउटा मुख्य क्षेत्र हो। त्यहाँका स्टिल लगायतको बिक्री अहिले ३० प्रतिशत घटेको छ। चीन पठाउनु पर्ने धेरै सामान बन्दरगाहमा त्यत्तिकै अड्किएर बसेका छन्। अष्ट्रेलियामा सन् २०२२ मा स्टिलको मागमा ३९ प्रतिशतले घटेको थियो। यस वर्षको सुरुवाती पाँच महिलामा अर्को २३ प्रतिशतले घटेको छ।

आधिकारिक तथ्याङ्कलाई नै आधार मान्ने हो भने आर्थिक वृद्धि दर ओरालो लागेको छ। यो कुनै समय ऋणात्मक पनि हुनसक्ने छ। अहिले मूल सहर भन्दा दोस्रो किसिमको सहरमा बढी समस्या देखिएको छ।

गत वर्ष जिरो कोभिड नीति भएकै समयमा चीनको अर्थतन्त्र ओरालो लागेको थियो। पछिल्लो समय यो नीति हुँदै पनि प्रोपर्टी क्षेत्रलाई यसले उकास्न सकेको छैन। त्यहाँ ब्याजदर घटाइएको छ। अन्य धेरै उपाय सरकारले लगाइ सकेको छ। यसका बाबजुद प्रोपर्टी क्षेत्रमाथि उठ्न सकेको छैन।

अहिले बजारमा धेरै उठ्न नसक्ने ऋण रहेका कारण वित्तीय क्षेत्र सकसमा छन्। अर्थतन्त्र अझ सङ्कटमा छ । यो तत्काल समाधान हुने बाटोमा नै छैन। अहिलेको यो सङ्कटको कुरा गर्नुभन्दा अघि सन् २०१७ मै एक पटक फर्किएर हेर्नु आवश्यक हुन्छ। सोही समयमा राष्ट्रपति सीले घर कल्पना गरेर बस्ने भन्दा बनाएर बस्नु ठिक भन्ने आशयको अभिव्यक्ति दिएका थिए। यसले बजारमा निक्षेपको मात्रालाई घटाएको थियो। त्यसपछि यता भएको आर्थिक यात्राले त्यसै घटेको निक्षेप नै अर्थतन्त्रका लागि अप्ठेरो साबित भएको छ। अहिले कुनै उपाय काम लागेको छैन। यो समयमा ताइवानमा दिइएको चासोले चीनका लागि अझ घातक पनि हुनसक्ने धेरै विज्ञको अनुमान छ।

अहिले बजारमा धेरै उठ्न नसक्ने ऋण रहेका कारण वित्तीय क्षेत्र सकसमा छन्। अर्थतन्त्र अझ सङ्कटमा छ । यो तत्काल समाधान हुने बाटोमा नै छैन।

अमेरिकासँग शक्ति सङ्घर्ष गरी रहेको चीनले केही दिन अघि त्यहाँका जलवायु दूत जोन केरीलाई विशेष स्वागत गरेको थियो। अहिले संसारका दुवै देश अमेरिका र चीनमा जलवायु परिवर्तनको असर छ। यसका कारण तापक्रम पनि दिनहुँ बढ्दो छ। चीनको उत्तर पश्चिम जीङ जीयाङमा तापक्रम १२६ डिग्री फरेनहाइट भन्दा माथि पुगिसकेको छ। चीनले अहिले यसबाट बच्न वैकल्पिक ऊर्जाको बारे चासो नदिएको त होइन । गोवी मरुभूमिमा मात्र सन् २०३० सम्ममा ठूलो आयोजनामार्फत हावा र सोलार ऊर्जा निकाल्ने योजना बनाइएको छ।

कोभिड, ओरालो अर्थतन्त्र र बेरोजगारीमा मारमा परेको चीनका सामु अहिले जलवायु परिवर्तनको असरको कारण अर्को समस्या थपिएको छ। ठुला सहरमा वैकल्पिक ऊर्जाको नीति चीनले नलिएको होइन। तर, यी यावत समस्या हुँदा चीनका लागि सही ढङ्गले अघि बढ्न पनि कठिन भएको छ। त्यहाँ निम्न तथा मध्यम वर्गीय परिवारको बेरोजगारीको समस्या छ। मानव अधिकारको उल्लङ्घनदेखि लिएर अमेरिकी आकाशमा गुप्तचर बेलुन समेत उडाएको चीनका लागि अहिले अमेरिकाको साथ आवश्यक भएको महसुस भएको छ।

कोभिड, ओरालो अर्थतन्त्र र बेरोजगारीमा मारमा परेको चीनका सामु अहिले जलवायु परिवर्तनको असरको कारण अर्को समस्या थपिएको छ।

पछिल्लो समय लगानीकर्ताको विश्वास पनि प्रोपर्टी छेत्रमा घटिरहेको छ। त्यहाँको प्रोपर्टी व्यवसायमा पकड जमाएको कन्ट्री गार्डेनमा पछिल्लो साता सेयर घटेर सबै भन्दा ओरालो बिन्दुमा पुगेको छ। ओरालो यात्रामा त्यहाँका बैङ्कले सरकारले सही नीति ल्याएर सहयोग नगरे ती क्षेत्र अझ बढी खराब हुने आङ्कलन गरिसकेका छन्। कत्तिसम्म भने त्यहाँका नाम चलेको र बजारमा सुनिएका प्रोपर्टी कम्पनीलाई ऋण दिँदा बैंकहरूले सुरक्षित महसुस गर्नसमेत छाडी सकेका छन्।

वाल स्ट्रिट बैङ्कले त यो समस्याका कारण चिनियाँ अर्थतन्त्रमै केही वर्षमा थेग्नै नसकिने समस्या आउन सक्ने बताएका छन्। गत महिना दोस्रो ठुलो निर्माण कम्पनी भान्केले नसोचेको परिस्थिति आइपरेको जनाएको छ।

यो ओरालो यात्रासँगै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि चीन कमजोर बनेको छ। खासमा प्रशान्त क्षेत्रमा पकड जमाउने चिनियाँ नीतिमा अहिले धेरै धक्का लागेको छ। साथमा दक्षिण एसियामा प्रभाव जमाउने नीतिमासमेत धक्का लागेको छ। श्रीलङ्काले विगतमा चीनसँग सुमधुर सम्बन्ध राख्ने नीति लिएको थियो। त्यो नीति पछि ओरालो लागेको श्रीलङ्काले पछिल्लो समय भने भारतसँग समदुरी राख्ने नीति लिएको छ। एकपछि अर्को देश चीनसँग टाढा हुँदै जाने सङ्केत समेत देखा परेको छ।

वाल स्ट्रिट बैङ्कले त यो समस्याका कारण चिनियाँ अर्थतन्त्रमै केही वर्षमा थेग्नै नसकिने समस्या आउन सक्ने बताएका छन्। गत महिना दोस्रो ठुलो निर्माण कम्पनी भान्केले नसोचेको परिस्थिति आइपरेको जनाएको छ।

चीनको यो ओरालो यात्रामा एकपछि अर्को समस्या थपिएका छ। विदेशी लगानीकर्ता चीनबाट भाग्न थालेका छन्। तथ्यांक अनुसार पछिल्लो चार महिना यता वैदेशिक लगानीकर्ताको आकर्षण अझ घट्दो देखिएको छ।

यसरी चिनियाँ अर्थतन्त्र नै धक्का लाग्नु मुख्य कारण अहिले चीनको विदेशी लगानी भित्र्याउने नीति असफल हुनु हो। मूल कारण त संसारका अन्य देशमा जस्तै कोभिड महामारी र रुस युक्रेन युद्ध नै हो। यसका साथै चीन आफूले ल्याएको जिरो कोभिड नीति पनि हो। लामो समयको जिरो कोभिड नीतिका कारण चीनको अर्थतन्त्र मात्र असर गरेन यसले धेरैको मानसिक समस्यामा समेत असर गरेको छ।

युक्रेन र रुसको युद्धका कारण अन्य देशलाई चीनप्रति फेरि नकारात्मक बनाएको छ। नाटो र पश्चिमा देशले युक्रेन आक्रमणपछि रुसलाई आर्थिक घेराबन्दीमै राखेको समयमा चिनियाँ राष्ट्रपति सीले रुससँग सुमधुर सम्बन्ध राखेकै कारण यसले थप असर गरेको छ।

पछिल्लो समय चीन अन्तर्राष्ट्रिय बजारमा पनि केन्द्रित रहेको साँचो हो। यसैबीच भएको युक्रेन रुसका कारण अन्य देशलाई चीनप्रति फेरि नकारात्मक बनाएको छ। नाटो र पश्चिमा देशले युक्रेन आक्रमणपछि रुसलाई आर्थिक घेराबन्दीमै राखेको समयमा चिनियाँ राष्ट्रपति सीले रुससँग सुमधुर सम्बन्ध राखेकै कारण यसले थप असर गरेको छ।

पछिल्लो समय राष्ट्रपति सीले उनका रुसी समकक्षी भ्लाडिमिर पुटिनसँग वार्ता गरेपछि यसले अन्य देशका लगानीकर्तालाई पनि चीनसँग व्यापारिक सम्बन्ध राख्न हिचकिचाहट बढेको हो। स्रोतः एबीसीडट नेट, फोब्स, सीएनबीसी, साउथ एसियन भ्वाइस , साउथ एसियन भ्वाइस, ब्लमबर्ग

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १५ बजे

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार