समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा हुँदै « Khabarhub

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा हुँदै


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।

संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो । 

जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको विद्यार्थी मोर्चाको सांगठनिक संरचनालगायतका विषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताइएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १३ बजे

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई