समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा हुँदै | Khabarhub Khabarhub

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा हुँदै


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।

संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो । 

जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको विद्यार्थी मोर्चाको सांगठनिक संरचनालगायतका विषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताइएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १३ बजे

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग

राधाकृष्ण रथयात्रा मुलुकको गौरव : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश