थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु « Khabarhub

थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैंकक– दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई ११५ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको जनाए । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उनले विष्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताए ।

विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटाखा कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो ।

विष्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विष्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ०६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६