कृषि सम्बन्धी ऐन आवश्यक : मन्त्री भुसाल | Khabarhub Khabarhub

कृषि सम्बन्धी ऐन आवश्यक : मन्त्री भुसाल


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्र पनि कानुनअनुसार नै चल्नुपर्ने भएकाले कृषि सम्बन्धी ऐन आवश्यक रहेको बताएका छन् ।

खाद्यका लागि कृषि अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भिक छलफल कार्यक्रममा मन्त्री भुसालले कृषि सम्बन्धी ऐनलाई सरोकारवालासंगको छलफलपछि मन्त्रिपरिषद्मा पेश गर्ने पनि बताए ।

 उनले कृषि क्षेत्र जीवनपद्धतिसँग जोडिएकाले यसलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । अहिले प्रस्तावित ऐनको मस्यौदा छलफलका लागि प्रदेशमा पठाइएकाले आवश्यक सुझावलाई ग्रहण गर्ने उनले बताएका छन् 

छलफलमा सहभागीहरूले कृषि क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ३४ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा