नाइजरमाथि प्रतिबन्ध लगाउने अफ्रिकी नेताहरूको तयारी « Khabarhub

नाइजरमाथि प्रतिबन्ध लगाउने अफ्रिकी नेताहरूको तयारी


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नियमे- पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नाकाबन्दी गर्ने तयारी गरेका छन् ।

गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमाने टियानीले देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा गरेपछि हुन लागेको पश्चिम अफ्रिकी नेताहरूको असाधारण शिखर सम्मेलनले नाइजरमा लोकतन्त्र बहालीका निम्ति नाकाबन्दी लगाउने तयारी गरेका हुन् । साहेल क्षेत्रमा भएको सैन्य विद्रोहका विरुद्ध रहेका उनीहरूले प्रतिबन्धको घोषणा गर्ने सम्भावना बढेको गएको बताइएको छ ।

लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । उसले नाइजरलाई प्रदान गरिने सुरक्षा र आर्थिक सहयोग निलम्बन भएको घोषणा पनि गरेको छ । त्यसैगरी युरोपेली सङ्घले पनि सबैखाले सहयोग रोकिएको बताएको छ । राष्ट्रपति बाजुमविरुद्ध यसअघि पनि विद्रोह भएका छन् । अफ्रिकी सङ्घले दुई साताभित्र संवैधानिक सरकार बहाल गर्न नाइजरका जनरलसँग माग गरेको छ । पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायले पनि त्यस्तै गर्ने विश्वास गरिएको छ ।

उक्त समुदाय र अन्तर्राष्ट्रिय जगतले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन् । नाइजरमाथि प्रतिबन्ध लगाउने अधिकार उक्त समुदायमा निहित छ । पन्ध्र सदस्यीय समुदायमा नाइजर पनि एक सदस्य हो ।

आइतबारको नाइजेरियाको राजधानी अबुजामा समुदायको बैठक बस्नुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्रपति टिनुबुसँगको टेलिफोन वार्तामा त्यहाँ संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न राष्ट्रपति टिनुबुको निरन्तर प्रयासमा अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नाइजरका छिमेकी माली र बुर्किना फासोले २०२० यता दुई वटा असफल सैन्य विद्रोह झेलिसकेका छन् । इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बन्धित जिहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएकोमा दुबै देशका नागरिक क्रुद्ध छन् ।

जनरल टियानीले पनि जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

अफ्रिकी सङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  २ : ५५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध