जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट विसं २०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

घर छेउछाउमा लुकिछिपी बस्दै आएको अवस्थामा फरार अभियुक्त कार्कीलाई प्रहरीले जिल्ला अदालतमा पेश गरी अदालतले सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँ विभिन्न मुद्दामा कैद सजाय भएका अभियुक्त प्रक्राउ गर्न जिल्लाभर प्रहरी सक्रिय रहेको छ ।

प्रहरीले कञ्चनपुरबाट गत आव २०७९/८० मा ७२ फरार अभियुक्तलाई पक्राउ गरी कैद सजायका लागि कारागार पठाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ४७ बजे

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित